हिमालयन जनरल इन्स्योरेन्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश दिने



काठमाडाै । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।


कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कुल १०.५ प्रतिशतले हुन आउने १० करोड ७८ लाख ५६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत हुन आउने ५ करोड १३ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर र ५.५ प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ९६ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसमेत) प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश आगामी २६ औँ वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १६ पुष २०७६, बुधबार १६:३१