समिट लघुवित्तले २३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समिट लघुवित्तले २३ प्रतिशत लाभांश दिने



काठमाडौं । समिट लघुवित्तको ११औं वार्षिक साधारण पुस २९ गते हुने भएको छ । कम्पनीले २१ दशमलव शून्य ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


यस कम्पनीले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि सभामा पेश गर्दैछ । सभाले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्बेवारी सञ्चालक समितिलाई दिनेछ । गत साउन ४ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको मर्जर तथा प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत सभाले पुनः पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १६ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : ७ पुष २०७६, सोमबार १४:०३