प्रभु क्यापिटल र समृद्धि क्यापिटल मर्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटल र समृद्धि क्यापिटल मर्ज हुने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा मर्ज हुने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहिबार एक समारोह बीच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले समझादरीपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक-प्रर्वद्धकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक÷प्रबद्र्घकहरुहरुको उपस्थिति रहेको थियो ।

मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १५:२०