साना किसान विकास लघुवित्त लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान विकास लघुवित्त लाभांश स्वीकृत



साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तको सञ्चालक समितिको ३६१ औँ बैठकले प्रस्ताव गरेको २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश पुस २ गते राष्ट्र बैंकबाट स्वीकृत भएको हो।

उक्त लाभांश अब लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १३:२०