नयाँ नेपाल लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ नेपाल लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन



काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन गरेको हो । बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५०५ तोकेको छ ।

यस वर्ष नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


उक्त लाभांश पारित गर्न कम्पनीले पुस १९ गते साधारण सभा बोलाएको छ । सो सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ३ गतेदेखि बुक क्लोज गरेको छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार १२:४०