देवः विकास बैंकले ल्यायो ‘क्यास ब्याक अफर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

देवः विकास बैंकले ल्यायो ‘क्यास ब्याक अफर’



काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी पीओएस मेसिनबाट कारोबार गर्दा ३% नगद फिर्ता हुने योजना अघि सारेको हो । बैंकले ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको जनाएको छ । देवःले पुस १ गतेबाट नै लागू हुने गरी भारतबाट भिसा नेटवर्क एटीएमबाट नगद निकाल्दा लाग्ने शुल्क पनि १ सय रुपैयाँले घटाएको छ ।

अब भारताबाट पैसा निकल्दा प्रतिकारोबार १५० रुपैयाँमात्र शुल्क लाग्नेछ । यसअघि २५० रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो । साथै, देवःले नेपालभर कुनै पनि भिजा नेटवर्कको एटीमबाट कारोबार गर्दा पैसा नलाग्ने सेवालाई पनि यथावत राखिएको जनाएको छ ।

यता, मोबाइल बैंकिङ तथा देवः इ–बैंकिङबाट टपअफ गर्दा कारोबार रकमको २% नगद फिर्ता योजना पनि अघि सारिएको छ । बचत खातामा पनि निःशुल्क भिसा डेबिड कार्ड, मोबाइल बैंकिङ र इ–बैंकिङको सुविधा प्रदान गरिएको बैंकको भनाई छ ।

प्रकाशित : २ पुष २०७६, बुधबार १४:५८