राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा बनेको रक्तसञ्चार केन्द्रको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा बनेको रक्तसञ्चार केन्द्रको उद्घाटन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्तसञ्चार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त सञ्चार केन्द्र निर्माण भएबापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरेका हुन्।

उक्त समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवतासम्बन्धी पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेका छन। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताएका छन।

प्रकाशित : २ पुष २०७६, बुधबार १४:५३