सेन्चुरी कमर्शियल बैंकले ल्यायो ‘सेन्चुरी सेभिङ प्लस’ नामको नयाँ बचत खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्चुरी कमर्शियल बैंकले ल्यायो ‘सेन्चुरी सेभिङ प्लस’ नामको नयाँ बचत खाता



काठमाडाै । सेन्चुरी कमर्शियल बैंकले ‘सेन्चुरी सेभिङ प्लस’ नामको नयाँ बचत खाता संचालनमा ल्याएको छ। न्युनतम पचास हजार मौज्दात भएको यस खातामा बार्षिक साढे ६ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ।

यस खातावाहकलाई आइएमई इन्स्योरेन्सबाट १० लाख सम्मको प्राणघातक रोग,दुर्घटना, दीर्घकालीन अशक्तताको बीमा गर्ने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ। त्यस्तै खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथइ निशुल्क लकर सेवा, डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइएको छ।

उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरिएको थियो। साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती थियो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित : २ पुष २०७६, बुधबार १२:१२