एसबिआई बैंकको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एसबिआई बैंकको साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल एसबिआई बैंक लि. को २६औँ वार्षिक साधारणसभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएकाे छ ।


सभाले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र १०.८४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


बैंकले आ.व. २०७५/७६ मा रू. ३१२.३९ करोड संचालन मुनाफा रू. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ ।


साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
त्यसैगरी, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित : २९ मंसिर २०७६, आईतवार १७:३२