नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटको प्रमूख कार्यकारी अधिकृतमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटको प्रमूख कार्यकारी अधिकृतमा लम्साल नियुक्त



काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्यूट लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गते देखि लागु हुने गरी उनलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनीसँग दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव छ । यस अघि उनले सानीमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लगायतमा प्रमूख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरेका थिए ।

पछिल्लो समय जनता बैंक नेपालको प्रमूख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए ।

नवनियुक्त प्रमूख कार्यकारी अधिकृतको नियुक्ती संगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पु¥याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउँदै सफ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १६:५०