सिर्जना फाइनान्सले ३ लाख २० हजार बराबरको कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिर्जना फाइनान्सले ३ लाख २० हजार बराबरको कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने



काठमाडाै । सिर्जना फाइनान्सकाे हकप्रदमा बिक्री नभएका शेयर लिलामी मार्फत बिक्री गरिने भएको छ । कम्पनीले पुस ७ गतेदेखि ३ लाख २० हजार ७४२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको छ । लिलामी शेयरमा लगानकिर्ताले पुस १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । लिलामी शेयरमा लगानीकर्ताले सनराइज क्यापिटल, सनराइज बैंकको तोकिएका ७ शाखा कार्यालय र सिर्जना फाइनान्स मार्फत आवेदन दिन सक्नेछन् ।

फाइनान्सले बिक्रीमा ल्याएको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयरमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता साधारण शेयरगरी कूल ३ लाख २० हजार ७४२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो । इच्छुक लगानकिर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन् । अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानकिर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने भएकाे छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ र ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार १२:०८