डिप्रोक्स लघुवित्तले नगद लाभांश बुझिलिन शेयरधनीलाई बोलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डिप्रोक्स लघुवित्तले नगद लाभांश बुझिलिन शेयरधनीलाई बोलायो



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बुझिलिन शेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गरी विभिन्न वर्षका वार्षिक साधारण सभाबाट पारित भएका नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।

लाभांश बुझ्न बाँकी सदस्यले आवश्यक कागजातसहित संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न भनेको छ । संस्थाले नगद लाभांश बुझ्न बाँकी शेयरधनीको विवरण संस्थाको वेवसाइडमा राखिएको समेत जानकारी दिएको छ ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार ११:४६