नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २.६२५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २.६२५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २.६२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१२५ प्रतिशत दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष भने कम्पनीले ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार १८:३५