सिटिजन्स बैंक इन्टरनेसनल र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक इन्टरनेसनल र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सम्झाैता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

स किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंक ८५ वटा शाखा, ८४ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार १३:४२