हिमालयन जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय सर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालय सर्‍यो



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय सरेको छ ।
साविकको केन्द्रिय कार्यालय बबरमहल स्थित केन्द्रिय कार्यालय रहेको परिसरमा कम्पनीको नयाँ भवन निर्माणको प्रक्रियामा रहेकोले सरुवा भएको कार्यालयले जनाएको छ ।


कार्यालयको अनुसार २६ मंसिरदेखि पहिलेको केन्द्रिय कार्यालयको स्थानबाट पूर्व तर्फ करिव ९०० मिटरको दुरीमा भक्तीथापा सडक, थापागाउँ, घर नं. ५७३ (सिंहदरबार दक्षिणगेट–हनुमानस्थान–भाटभटेनी सुपर मार्केट हुँदै नयाँ बानेश्वर जाने बाटोमा धोविखोला पुल क्रस गरेपछि बाँयाँ पट्टिका केही घरपछि चियायु पोलिक्लिनिक सँग सनराईज सिटि होम्सको सामुन्ने) को घर रहेको छ ।

प्रकाशित : 13 December, 2019 11:07 am