आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एसियाज मोष्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एसियाज मोष्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्राण्ड कन्स्ल्टिङ कर्पोरेसन (आइबिसी) ले एसियाज मोष्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित गरेको छ । बुधबार थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आइबिसीलाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे । ‘यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं’, ढकालले भने ।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई बर्ष भरिनै नेपालले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गर्दै सबैलाई स्वागत गर्न आफुलगनयत सम्पूर्ण नेपालीहरु आतुर रहेको जानकारी दिए ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार १५:०८