सुनको भाउ फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुनको भाउ फेरि बढ्यो



काठमाडाै । पछिल्ला केही दिन लगातार घटेको सुनको मूल्य आज फेरि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले बढेर प्रतितोला ७१ हजार दुई रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ७९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपियाँ कायम गरेको छ ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ११:५५