एनसीसी बैंकको ऋणपत्र निष्काशन सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको ऋणपत्र निष्काशन सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” ३ अर्ब बराबरको डिबेन्चर निष्कासनको सम्झौता गरेको छ । उक्त डिभेञ्चरमा १०.५० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको ।

कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ । बुधबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठकाबीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १९:३९