लक्ष्मी बैंकले शुरु गर्‍यो नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकले शुरु गर्‍यो नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक



काठमाडौं। लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ मंसिर २३ देखि भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ। यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ।

भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ। भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ।

लक्ष्मी बैंक आफ्नो ग्राहकहरुमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पुर्‍याउन प्रतिबद्घ छ। भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम हो।

यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले भनीन् “हामीले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ्ग बटको पुरकको रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएका छौं। बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउदैं लग्नु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा हामीले गरेका छौं।”

नेपालको १६ औं वाणिज्य बैंकको रुपमा सन् २००२ मा स्थापना भएदेखि नै लक्ष्मी बैंकले आफ्नो सजिलो बैंकिङ्ग सेवाहरुका साथ विविध क्षेत्रका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। नेपालको एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनपुगेको छ। नेपाली बजारमा भाइबरले धेरै अगाडिदेखि प्रवेश गरेको हो र अहिले मेसेजिङ्ग एपको रुपमामात्र नभई डिजिटल क्षेत्रमा प्रभावकारी व्यवसायिक संवाद गर्ने भरपर्दो माध्यम समेत बन्ने सफलता हासिल गरेको छ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १४:०९