एभरेष्ट बैंकले बाेलायाे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले बाेलायाे साधारण सभा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २३ गते, बुधबार पच्चिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले लाभांश वितरण गर्ने, ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको थियो। असोज २६ गते सम्पन्न सञ्चालक समितिको ३१० औं बैठकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार ११:१३