तारागाउँ होटेलले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तारागाउँ होटेलले गर्यो लाभांश घोषणा



तारागाउँ होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १२ प्रतिशत ( ५ प्रतिशत कर कट्टी पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार १३:४८