ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्रीको पद बहाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्रीको पद बहाली



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको हो ।


तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसक्नु भएको छ ।


वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना कार्य गरेका थिए ।


गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुँन ।


एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।


त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १८:०३