२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक



काठमाडाै । राष्ट्र बैंकले २ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंसिर २३ गते, सोमबार बोलकबोल गर्ने भएको छ । बैंकले २ अर्ब २६ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल २०७६ चैत २७ गते परिपक्व हुनेछ।

सबै बर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यस ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मुल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकता दिइने छ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १५:४०