धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जना भिड्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जना भिड्दै



काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष बन्नका लागि ८ जनाले दावी प्रस्तुत गरेका छन् ।

बोर्डको अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं हाल बोर्डका संचालकमा रहेका भिष्म कुमार ढुगांना, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, बोर्डकै उपनिर्देशक डा. नवराज अधिकारी, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, ब्रोकर कम्पनीका नरेन्द्र सिजाँपति लगायतका आठ जनाले आफ्नो दावी गरेका हुन् ।

बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको पदावधी सकिएपछि कार्तिकदेखि उक्त पद रिक्त छ । सरकारले बोर्डको कार्यकारी अध्यक्षमा नियुक्ती गर्न कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजत्वमा राजस्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष कृष्ण आर्चाय सदस्य रहेको छनोट समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो ।गठित समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्ने छ । जस मध्ये बाट एक जना बोर्ड अध्यक्षमा नियुक्त हुने छन् ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार ०८:०४