कुमारी बैंकको नक्साल भवन शिलान्यास भूमिपूजन कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको नक्साल भवन शिलान्यास भूमिपूजन कार्यक्रम



काठमाडाैँ ।कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमिपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गर्नुभयो ।

पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार ०७:३९