निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा



काठमाडाै । निर्धन उत्थान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते आइतबार नक्साल स्थित सेलिब्रेसन ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा बार्षिक तथा वित्तीय प्रतिवेदनहरु पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, संचालक नियुक्ति गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तवा पेश हुने छन् ।

प्रकाशित : १९ मंसिर २०७६, बिहीबार ११:५३