सृजना फाइनान्सको ९० प्रतिशत हकप्रद शेयर विक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सृजना फाइनान्सको ९० प्रतिशत हकप्रद शेयर विक्री



विराटनगर । सृजना फाइनान्सले ९० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । सनराइज क्यापिटलबाट रू. १ करोड ९३ लाख ३० हजार २००, आस्बाबाट रू. २ करोड ९५ लाख २८ हजार १०० र सृजना फाइनान्सबाट रू. १९ करोड ७० लाख ८९ हजार ३०० गरी जम्मा रू. २४ करोड ५९ लाख ४८ हजार हकप्रद शेयर खरीदका लागि रकम जम्मा भएको छ । जुन हकप्रद शेयर ९० प्रतिशत हुन आउँछ । विक्री हुन बाँकी ३ लाख ५ हजार २१२ कित्ता संस्थापक तथा सर्वसाधारण शेयरलाई छिटै सिलबन्दी बोलपत्रका माध्यमले विक्री गरिने फाइनान्सले जानकारी दिएको छ ।

फाइनान्सले चुक्तापूँजी रू. ४६ करोड ७ लाख ८४ हजारको ६० प्रतिशत हकप्रद शेयर रू. २७ करोड ६४ लाख ६९ हजार २०० का लागि गत असोज १७ गतेदेखि विक्री खुला गरेको थियो । सबै शेयर तोकिएको म्यादभित्र विक्री नभएकाले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ अनुसार १५ दिन म्याद थप गरी मंसिर ६ गतेसम्म हकप्रद शेयर विक्रीका लागि खुला गरिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार ०७:३७