इन्फिनिटी लघुवित्तको साधारणसभा पुस १८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

इन्फिनिटी लघुवित्तको साधारणसभा पुस १८ गते

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे विजयचोक नवलपुरमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द(बुक क्लोज) गरिने छ । साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्नेछ ।

साथै २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद निष्काशनलाई स्वीकृति प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले बताए । संस्थाको हाल कायम चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार १६:०९ 2 December, 2019 4:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।