सोमबारको सेयर बजार ः न यताको न उताको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सोमबारको सेयर बजार ः न यताको न उताको



काठमाडौं । सोमबार (आज) उतार चढावका बीच सेयर बजार झिनो अंकले घटेर बन्द भएको छ ।

आज बजार ०.८६ अंकले मात्र घटेको छ। कारोबारमा आएका मध्ये बैंकिङ्ग, व्यापार र हाइड्रो पावर बाहेक अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

सेयर कारोबारमा पनि आज खासै उत्साह छाउन सकेन । एक सय ६४ कम्पनीको २३ करोड २२ लाख रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ । त्यसमा पनि सबैभन्दा धेरै एनएमबि बैंकको १ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजार घटेको दिन सबैभन्दा धेरै कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताहरु छन् भने सबैभन्दा धेरै गुमाउनेमा अरुण कावेली पावर कम्पनीका लगानीकर्ताहरु परेका छन् । नेशनलको सेयर मूल्य ९.९६ प्रतिशतले बढेपनि अरुणको ६.५५ प्रतिशतले घटेको छ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार १५:५९