महालक्ष्मी विकास बैक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’ बाट पुरस्कृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड’ बाट पुरस्कृत



काठमाडाै । महालक्ष्मी विकास बैंकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटको उपाधि जितेको छ। सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन ‘साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स’ ले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी बैंकलाई उक्त अवार्डबाट पुरस्कृत गरेको हो।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।

२०१९ नोभेम्बर ३० तारिखमा बङगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका हुन्।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार १५:४१