ग्लोबल आइएमई बैंकको एटिएम सेवा बिराटनगर महानगरपालिका कार्यालय परिसरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको एटिएम सेवा बिराटनगर महानगरपालिका कार्यालय परिसरमा



काठमाडाै । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ ।


एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गनुभयो । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।


बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।


बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ०७:३१