मुक्तिनाथ विकास बैँकबाट १० लाख रुपैयाँ निकालिएको खुलासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

मुक्तिनाथ विकास बैँकबाट १० लाख रुपैयाँ निकालिएको खुलासा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । काठमाडौँका विभिन्न बैंकमा नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट भएको चोरीमा थप १० लाख रुपैयाँ आरोपी समूहको हातमा पुगेको खुलेको छ ।

प्रहरीलाई प्राप्त पछिल्लो सूचनाअुनसार मुक्तिनाथ विकास बैँकबाट पनि १० लाख रुपैयाँ निकालिएको खुलासा भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, साँझ मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना अनुसन्धान अधिकृतलाई प्राप्त भएको हो ।

कसको नामबाट निकालिएको भन्ने नखुलेपनि पक्राउ पर्नेहरुबाट निकै जानकारी पाइएकाले यही गिरोहले नै गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार २२:०१ 27 November, 2019 10:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।