बैकिङ्ग कसुर मुद्धामा फरार महर्जन पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैकिङ्ग कसुर मुद्धामा फरार महर्जन पक्राउ



काठमाडाै । बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार १९:१९