कैलाश विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कैलाश विकास बैंकको लाभांश घोषणा



काठमाडाै । कैलाश विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशत नगद गरी कुल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १६ प्रतिशतले हुन आउने चालिस करोड तेत्तिस लाख एक हजार सात सय साठ्ठी बराबरको बोनस शेयर र २.७७ प्रतिशतले हुन आउने छ करोड अन्ठानब्बे लाख एक्काईस हजार छ सय बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस बिकास बैकहरु मध्ये सबैभन्दा धेरै हो ।

प्रकाशित : ९ मंसिर २०७६, सोमबार २०:१३