स्ट्याण्डर्ड चार्टड बैंक २२.५० प्रतिशत नगद लाभांश सुरक्षित गर्न आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्ट्याण्डर्ड चार्टड बैंक २२.५० प्रतिशत नगद लाभांश सुरक्षित गर्न आज अन्तिम दिन



काठमाडाै । स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको गत आवको मुनाफाबाट घोषणा गरेको २२.५० प्रतिशत नगद लाभांश सुरक्षित गर्न आज (मंसिर ८ गते) अन्तिम दिन हो ।

्बैंकले ३३ औ वार्षिक साधारण सभा मंसिर २३ गते डाकेको छ । सो सभाले नगद लाभांश वितरण प्रयोजनको लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ ।

सभाले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नुको साथै बैंकको नियामावली पनि संसोधन गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : ८ मंसिर २०७६, आईतवार ११:१०