स्टान्डर्ड चार्टर्डको शेयरधनी बन्ने माैका गुम्ला है « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्टान्डर्ड चार्टर्डको शेयरधनी बन्ने माैका गुम्ला है



काठमाडाै । स्टान्डर्ड चार्टर्ड बैकले मंसिर २३ गते वार्षिक साधारण आयोजना गर्न मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । बैंकको २२.५० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने मंसिर ८ गते (आइतबार ) अन्तिम दिन हो ।

यसको अर्थ लाभांश सुरक्षित गर्न आइतबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । सभामा बैंकले २२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । गत वर्षको नाफाबाट चार्टर्डले यो नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभामा बैंकको नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार १६:३०