प्रभु बैंकको साधारणसभा शुक्रबार, लगानीकर्ताले पाउँदैछन १६ प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको साधारणसभा शुक्रबार, लगानीकर्ताले पाउँदैछन १६ प्रतिशत बोनस शेयर



काठमाडौं । प्रभु बैंकको साधारण सभा शुक्रबार हुँदैछ । सभाले प्रस्तावित १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साथै, हाल कायम संस्थापक तर्फको ५५ प्रतिशत र सर्वसाधारण तर्फको ४५ प्रतिशत शेयर स्वामित्वलाई संशोधन गरी संस्थापकतर्फ ५१ र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गराउन प्रबन्धपत्र संसोधनको प्रस्ताव माथी पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते बुक क्लोज गरेकाले कात्तिक २५ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार २०:३०