गरिमा विकास बैंकले बोलायो साधारणसभा , लगानीकर्तालाई यस्तो छ उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले बोलायो साधारणसभा , लगानीकर्तालाई यस्तो छ उपहार



काठमाडाै । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारित गर्ने विशेष प्रस्तावसहित मंसिर २७ गते तेह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सभामा सञ्चालक समितिले निर्णय गरेको १६.१५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ। सभाले मर्जत तथा एक्विजिसन सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछन्। सभा होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० मा सुरु हुनेछ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार ११:१४