कृषि विकास बैंकले किन बोलायो शेयरधनीलाई ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकले किन बोलायो शेयरधनीलाई ?



काठमाडाै । कृषि विकास बैंकले कागजी शेयर भएका शेयरधनीहरुलाई पछिल्ला वर्षहरुको बोनस तथा नगद लाभांस संकलन गर्न आग्रह गरेको छ ।

बैंकले पछिल्ला ५ आर्थिक वर्षको लाभांस लगानीकर्ताले संकलन नगरेको अवस्थामा कानुन बमोजिम हुने जनाएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न भनेको छ ।

क्यापिटलमा आउन नसक्ने शेयरधनीले कृषि विकास बैंकको कुनै पनि शाखामा निवेदन दिएर कागजी बोनस शेयर तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १६:३३