स्ट्याण्डर्ड चार्टर्डको साधारणसभामा शेयर धनीलाई के छ उपहार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्ट्याण्डर्ड चार्टर्डको साधारणसभामा शेयर धनीलाई के छ उपहार ?



काठमाडाै । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा मंसिर २३ गते हुने भएको छ ।

बैंकले यस वर्षका लागि सेयरधनीलाई प्रतिशेयर २२ रुपैयाँ ५० पैसा पारित गर्न सभा बोलाएको हो ।

सभाले वार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने तथा बैंकको नियमावलीको नियम समसामयिक संशोधन गर्ने विषय पारितगर्नेछ ।


बैंकले वार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता किताब मंसिर ९ गतेदेखि २३ गतेसम्म बन्द गर्न लागेको छ । मंसिर ८ गतेसम्म शेयर कायम रहेका सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् । बैंकले दिनको १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा शेयरधनीलाई बोलाएको छ ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १५:०७