ज्योति लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगती



काठमाडाै । ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व.को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ ।

वित्तीय विवरणमा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को पहिलो त्रैमासमा कुल बिमा शुल्कमा १२४ प्रतिशतले बृद्धी भइ २७.६५ करोड आर्जन गरी दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७५ ले वृद्धी गरेको छ भने नाफामा २५ प्रतिशतले बृद्धी गर्दै ३.७६ करोड नाफा गर्न सफल भएको छ ।

व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले पहिलो त्रयमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले बृद्धी भइ २४.८० करोड कायम हुन गएको देखिन्छ । त्यसैगरी, ३०५ प्रतिशतले बृद्दी भइ ९१.४६ करोडको जिवन बिमा कोष खडा भएको छ ।

जीवन बिमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बिमा कोषलाइ लिइन्छ जसको कारणले बिमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनस दर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बिमितहरु लाभान्वित हुनसक्ने देखिन्छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १९:३१