ग्लोबल आइएमइसँग जनता मर्जरको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमइसँग जनता मर्जरको प्रस्ताव पारित



काठमाडाै । जनता बैंकले आफ्नो १० औ वार्षिक साधारण सभा आज आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न गरेको छ।

सभाले छ प्रतिशत नगद लाभाँस र ६ प्रतिशत बोनस शेयर गरि जम्मा १२ प्रतिशतको लाभाशलाई स्वीकृत गरेको छ।


तेस्तै सभाले जनता बैंक र ग्लोबल आइएमइ बैंक लिमिटेड बीच मर्जरको प्रस्तावलाई पारित गरेको छ। Due Diligence Report को आधारमा जनता बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमइ बैंकको ८५ कित्ता (१: ०.८५ )शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) लाई पनि सभाले पारित गरेको छ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार १५:५०