एनआईसी एशिया बैंकको नाफा १ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको नाफा १ अर्ब



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म १ अर्ब ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव १३ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्ता भएको बैंकले जगेडा कोषमा ४ अर्ब ५० करोड ८६ लाख ८० हजार रुपैयाँ सञ्चिती गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १ अर्ब ८४ करोड १४ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ दहमलव २२ प्रतिशतले कमी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको यस अवधिमा कर्जा लगानी तथा निक्षेप संकलनमा बृद्धि गरेको छ । बैंकले यस अवजधिसम्म १ खर्ब ७९ अर्ब २४ करोड ४ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७६ अर्ब ८२ करोड ६ लाख ८८ हजार निक्षेप संकलन गरेको थियो ।

यस अवधिसम्म बैंकले १ खर्ब ५४ अर्ब २० करोड ३२ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव १३ प्रतिशतले बढी हो। गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ खर्ब ४२ अर्ब ५७ करोड ४० लाख ५ हजार कर्जा लगानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७८.३५ प्रतिशत, पुँजीकोष अनुपात १२.३ प्रतिशत, खराब शुन्य दशमलव ०.४५ प्रतिशत रहेको छ ।

प्रकाशित : १ मंसिर २०७६, आईतवार ११:३९