नेपाल बंगलादेश क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बंगलादेश क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न



काठमाडाै । नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारण सभामा शुक्रवार सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको शत प्रतिसत लगानीमा खुलेको यस क्यापिटलको चुक्ता पूंजी २० करोड रहेको छ । क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा क्यापिटलले गत वर्ष गरेको वार्षिक आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७५÷७६मा उत्त क्यापिटलले २२ लाख २० हजार खुद नाफा गर्न सफल भएको छ । पूँजी बजारमा शेयर रजिष्टार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभुती तथा संस्थागत लगानी परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्धेश्य लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।७।०८ गतेका दिन विधिवत रुपमा दर्ता भएको यस क्याटिलले नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।०९।२६ गते अनुमति पत्र नं. ४६ ले यस कम्पनीलाई धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) को रुपमा कारोवार गर्ने इजाजत प्राप्त भएको थियो ।

यस क्यापिटलले नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर रजिष्ट्रार सेवा दिदै आएको छ । निकट भविष्यमा नै यस क्यापिटलले सामुहिक लगानी कोष र लगानी व्यवस्थापनको कार्य अगाडी वढाउने वताइएको छ ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार २०:४३