कामना सेवा विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको लाभांश घोषणा



काठमाडाै । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले लगानीकर्तालाई ६.८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले गत आर्थिक बर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार १६:४९