माछापुच्छ्रे बैंककाे चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंककाे चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार



काठमाडाै । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले चितवनाको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

ती शाखा कार्यालयहरुको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि एवम् बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथमा बैंकले २४ सै घन्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर १४४ वटा शाखाहरु र १३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २७७ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै देशभर रहेका १६७ वटा एटीएमहरुमार्फत बैंकले २४ सै घन्टा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार १६:२५