बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा कडाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा कडाइ



काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा केही कडाइ गरेको छ ।

केन्द्रीय मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिलाई पदमा रहँदा तथा पदबाट अवकाश भएको १ वर्षसम्म शेयर कारोबार गर्न रोक लगाइएको छ ।

मंगलवार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यी व्यक्तिहरूले आफू सम्बद्ध वित्तीय संस्था वा सहायक कम्पनीको शेयर आफ्नो, परिवारका सदस्य वा अन्य कुनै पनि व्यक्ति, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई किनबेच गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन हस्तान्तरण गर्न वा लेनदेन गर्न नपाइने व्यवस्था गरेको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ०८:४३