यस्तो छ प्राइम कमर्सियल बैंकको प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्तो छ प्राइम कमर्सियल बैंकको प्रगती



काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २८ करोड २७ लाख नाफा आर्जन गरेको छ । बैंकले एनएफआरएस प्रणाली अनुसार प्रकाशित गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार उसले गत आवको सोही अवधीको भन्दा ३ करोड ३५ लाख रुपैयाँ नाफा वृद्धि गरेको हो । २०७५ असोजमा बैंकको त्यस्तो नाफा २४ करोड ९२ लाख रुपैयाँ मात्रै थियो । बैंकले असोज मसान्त अवधीमा वितरण योग्य नाफा भने २२ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको हो ।

उपभोक्ताबाट ७८ अर्ब ५९ करोड निक्षेप संकलन गरेको बैंकले उपभोत्तामै ७९ अर्ब १३ करोड कर्जा लगानी गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७७.८६ प्रतिशत कायम छ । ९ अर्ब ६८ करोड चुक्ता पुँजी भएको प्राइमको जगेडा कोषमा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । स्प्रेड दर ५.१८ प्रतिशत रहँदा बैंकको खराब कर्जा १.१४ प्रतिशत छ । कस्ट अफ फण्ड ९.६७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.२४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५३.०८ रुपैयाँ छ ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार ११:४६