एनएमबि बैंकले ३५ प्रतिशत लाभांश कहिले देला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकले ३५ प्रतिशत लाभांश कहिले देला ?



एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष एनएमबिले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार ११:०५