लुम्बिनी जनरल इन्सुरेन्सको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्सुरेन्सको हकप्रद खुल्यो



काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आइतबार ( आज ) देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १०ः२ अनुपातमा १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि असोज २७ गते बुक क्लोज गरिसकेको छ । असोज २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।

सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइन्छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लुम्बिनीले हकप्रद ल्याएको हो ।

सीबीआइएल क्यापिटल डिल्लीबजार बाटुलेघर, काठमाडौं तथा सिटिजन्स बैंकको नारायणहिटी काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार ११:४२